October 20, 2026

टाइगर श्राफमाथि गोली प्रहार गर्ने तीनजना पक्राउ

0
tiger

नेपाल दर्पण,मुम्बई ।

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गर्ने तीन जनालाई राजस्थानको कोटाबाट पक्राउ गरिएकोे छ । समाचार अनुसार पक्राउ परेका तीनैजना दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेका प्रहरीले जनाएको छ । घटनामा टाइगर श्राफका चालक फिरदौससहित दुईजना घाइते भएका थिए ।

टाइगरमाथि मुम्बईको विले पार्ले पश्चिमस्थित जुहूमा आइतबार बेलुका करिब ७ बजे गाली प्रहार भएको थियो । श्राफ व्यक्तिगत कामका निम्ति त्यहाँ पुगेका थिए । काम सकाएर फर्कने क्रममा उनको कारमाथि गोली प्रहार गरिएको थियो । पक्राउ परेकाहरूको साथबाट हालसम्म हतियार बरामद नभएको प्रहरीले जनाएको छ । घटनामा उनीहरूको संलग्नता, गोली प्रहारको उद्देश्य र प्रयोग गरिएको हतियारबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *