October 20, 2026

सीजेपी नेता अभिजीत दीपके पक्राउ, तिहाड जेल पठाइदै

0
dipke

नेपाल दर्पण, नयाँ दिल्ली ।

भारतको कक्रोच जनता पार्टी (सीजेपी) का नेता अभिजीत दीपकेलाई पक्राउ गरिएको छ । दिल्ली प्रहरीले दीपकेलाई भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १२६ र १७० अन्तर्गत नियन्त्रणमा लिएको जनाएको छ । सीजेपीकी कानुनी प्रमुख रत्ना सिंहले दीपके पक्राउ परेको जानकारी दिँदै उनलाई एसईएम अदालतमा पेस गरिने बताएकी छिन् । सिंहका अनुसार दीपकेलाई कहाँ राखिएको छ भन्नेबारे प्रहरीले अहिलेसम्म जानकारी दिएको छैन । वकिलहरूलाई समेत उनीसँग भेट्न अनुमति नदिइएको सिंहको दाबी छ ।

तिरंगा मार्च अघि अभिजित दिपकेलाई हिरासतमा लिएपछि प्रधानन्यायाधीशले शुक्रबार अभिजित दिपकेसँगको सम्पर्क विच्छेद भएको बताएका छन । सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानन्यायाधीशले भने, “हामीले उनी (दिपके) सँगको सम्पर्कमा छैर्नौ विच्छेद भएको छ । उनलाई वकिलहरूसँग कुरा गर्न दिइँदैन । यो सरकारले किन युवाहरूलाई आतंककारी जस्तो व्यवहार गर्छ ? हामी भारतका समान नागरिक हौं र संविधानले ग्यारेन्टी गरेका सबै अधिकार र सुरक्षाको हकदार छौं ।

पछिल्लो ६ दिनमा दीपके दोस्रोपटक पक्राउ परेका हुन् । यसअघि अक्टोबर १० मा जन्तरमन्तरमा हुन लागेको प्रदर्शनअघि उनलाई विमानबाटै नियन्त्रणमा लिइएको थियो । तर, भोलिपल्ट उनलाई रिहा गरिएको थियो । यसैबीच, सीजेपीसँग आबद्ध आशुतोष रांका र सौरभ दास भने तिहाड जेलमा न्यायिक हिरासतमा छन् । दिल्लीको विशेष अदालतले अक्टोबर १३ मा उनीहरूलाई पाँच दिनका लागि न्यायिक हिरासतमा पठाएको थियो । उनीहरूलाई सोही दिन बिहान जन्तरमन्तरमा प्रदर्शन गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । यस्तै प्रहरीले नेहा बोरालाई पनि शुक्रबार हिरासतमा लिएको थियो । उनलाई शनिबार बिहान आरके पुरम प्रहरी चौकीबाट रिहा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *