अब कांग्रेसमा कुनै पक्ष, विपक्ष र गुट–उपगुट छैनःगगन थापा

नेपाल दर्पण, काठमाडौं ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै सभापति गगन थापाले अब कांग्रेसमा कुनै पक्ष गुट–उपगुट नभएको बताएका छन । थापाले भने, “अब विशेष नविशेष भन्ने सकियो, यहाँ कुनै पक्ष अब छैन,” ‘अब छत्तिसे, चौहत्तरे, देउवा पक्ष अर्को पक्ष कोही छैन ।’
उनले महाधिवेशनमा गगन पक्ष भन्दै चिट बाँडेको देखेको भन्दै आफ्नो पक्ष नरहेको बताए । “गगन पक्ष भन्दै चिट बाँडेको देखेको छु । त्यो काम नगर्नुहोला,” उनले भने । उनले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने संकेत गरे । पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनको भनाइ छ ।
थापाले यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गर्ने बताए । उनले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताएका छन् । सभापति थापाले महाधिवेशन सकिए लगत्तै स्थानीय तहकझ निर्वाचनसम्म दिनरात खटिने बताए ।
