नेपाली कांग्रेसको १५ औं महाधिवेशन मनोनयन प्रक्रिया जारी

नेपाल दर्पण, काठमाडौं ।
नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन प्रक्रिया जारी छ । उपसभापतिका लागि धनराज गुरुङ, चन्द्र भण्डारी, देवराज चालिसे र दीपक गिरीले उम्मेदवारी दर्ता गराएका छन् । डा.मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, महामन्त्री पदमा उदय शमशेर राणाले मनोनयन दर्ता गराएका छन् । राणाले केहीबेरअघि मनोनयन दर्ता गराएका हुन् । विशेष महाधिवेशनबाट राणा सह–महामन्त्री बनेका थिए । मनोनयन दर्ता जारी रहने निर्वाचन समितिले जनाएको छ ।
