October 11, 2026

कांग्रेसको महाधिवेशन असोज १८–२२ः अतिथीहरु रवि, ओली, ‘प्रचण्ड’ र लिङ्देन

0
cong

नेपाल दर्पण, काठमाडौं ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने भएको छ । उक्त महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिन कांग्रेसले विभिन्न राजनीतिक दलका नेतृत्वलाई आमन्त्रणा गरेको छ ।

सुत्रका अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत उद्घाटन कार्यक्रममा निम्ता गरेको छ । त्यस्तै, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि उद्घाटन कार्यक्रममा सहभागी हुने तय भएको छ ।

यसैबिच नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउनेबारे छलफल भइरहेको छ । गत पुसमा भएको विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानअनुसार अहिले पदाधिकारी संख्या १७ छ । यसमा केही बढाउने गरी आन्तरिक छलफल भइरहेको नेताहरू बताउँछन् । पदाधिकारीमा आकांक्षीहरूको संख्या बढ्दै गएको अवस्था छ र केही पदाधिकारी थप गर्न सकिन्छ कि भन्नेबारे छलफलहरू भइरहेका छन् । यसबारे निर्णय भने १५ औं महाधिवेशनको बन्द सत्रबाट हुनेछ । महाधिवेशनमा ७५ सय प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले नै छलफल गरी पदाधिकारी थप गर्न आवश्यक ठानेमा पदाधिकारी संख्या वृद्धि हुने नेताहरूको भनाइ छ ।

अहिलेको विधानअनुसार कांग्रेसमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री निर्वाचनबाट ८, मनोनीत सहमहामन्त्री ३ र कोषाध्यक्ष १ जना मनोनीत गरी १७ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । त्यस्तै, केन्द्रीय कार्यसमिति २३१ सदस्यीय हुने र त्यसमध्ये ६१ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ । पार्टीभित्र उपसभापति ३ जना, जसमा एक जना महिला हुने, महामन्त्रीको संख्या ३ पु¥याउने तथा सहमहामन्त्रीको संख्या ११ बाट १५ जना हाराहारी पु¥याउनेबारे छलफल भइरहेको नेताहरूले बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको थियो । त्यतिबेला १४ जना पदाधिकारी रहने व्यवस्था थियो । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित भएर आउने व्यवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *