October 11, 2026

नेपाली कांग्रेस विभाजनको अन्तिम चरणमा पुगेको छः पूर्णबहादुर खड्का

0
purnag

नेपाल दर्पण, काठमाडौं ।

संस्थापनइतर पक्षका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेस विभाजनको अन्तिम चरणमा पुगेको बताएका छन । यतिमात्रै हैन खड्काले फेसबुकमा एक वक्तव्य जारी गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई गैरकानुनी भन्दै जारी महाधिवेशनका कुनै पनि प्रक्रियामा सहभागी नहुने बताएका समेत बताएका छन ।

खड्काले सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरवलोकनको निस्सा (अनुमति) दिइसकेको अवस्थामा पनि महाधिवेशन रोक्न अन्तरिम आदेश नदिएकामा असन्तुष्टि जनाएका छन् । अन्तरिम आदेश नआउँदा पार्टीभित्र अलग–अलग दुईवटा महाधिवेशन हुने वातावरण बनेको र यसले कांग्रेसलाई विभाजनको अन्तिम संघारमा पु¥याएको उनले उल्लेख गरेका छन् । कुनै चमत्कार नभए पार्टी विभाजनको अन्तिम चरणमा पुगेको उनको निष्कर्ष छ ।

उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसमक्ष मुद्दालाई अग्राधिकार दिएर यथाशीघ्र अन्तिम फैसला सुनाउन उनले आग्रह गरेका छन् । ‘निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दियो र सो मुद्दा हाल सर्वाेच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ,’ खड्काले भनेका छन्, ‘यस्तो अ्वस्थामा सभापति गगन थापाको नेतृत्वमा प्राम्भ भएको कांग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवशनमा सहभागी नभएको व्यहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चहान्छु ।’ महाधिवेशनको कार्यहरू रोक्न माग गर्दै अदालतमा निवेदन दर्ता गरे पनि कार्यतालिका रोक्न अदालतले आदेश नदिएको हुँदा दुई वटा महाधिवेशन हुने अवस्था आएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *