October 11, 2026

विनाशकारी बाढीमा परेका १,३४४ जनाको शव फेला, झण्डै ५ हजार अझै बेपत्ता

0
bhote2

नेपाल दर्पण, काठमाडौं ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन् । अन्य ५०१ वटा शवका आंशिक अङ्गहरू फेला परेका छन्, जसको पहिचान हुन बाँकी छ । यस्तै ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन ।

बेपत्ता हुने ४,८९८ जनामध्ये २,९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन् । नेपाली बेपत्ताहरूमा २,४४८ पुरुष र ४८२ महिला रहेका छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८,६३१ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा ७,३८७ नेपाली र १,२४४ विदेशी नागरिक रहेका छन् । विस्थापित भएका ३,६५५ जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *