September 4, 2026

सरकारले बाचाअनुसार काम नगरे कान समातेर सही ट्रयाकमा ल्याउने क्षमता छःरवि

0
ravin

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गरेका छन । उनले सरकारले आफ्नो बाचाअनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्रयाकमा ल्याउने सामथ्र्य राख्ने बताए ।

उनले बजारमा फैलिएका राजनीतिक अस्थिरताका हल्लाहरूलाई केवल विकेन्ड स्न्याक्सको रूपमा लिनुपर्ने बताए । विगतका नेतृत्वलाई दोष देखाएर उम्किने पक्षमा आफूहरू नरहेको र सम्पूर्ण जिम्मेवारी र उत्तरदायित्व नयाँ पुस्ताका युवा नेतृत्वले लिने उनले बताए ।
सरकारलाई सही बाटोमा डो¥याएर गन्तव्यमा पु¥याउने दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *