‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शनमा लाठीचार्ज र अश्रुग्यास प्रहार

नेपाल दर्पण,मुम्बई ।
‘ककरोच जनता पार्टी’ले दिल्लीको जन्तर–मन्तरमा विरोध प्रदर्शन गरेको छ । सुरक्षालाई मध्यनजर गरि जन्तर–मन्तरदेखि संसद भवनसम्म ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । विभिन्न स्थानमा ब्यारिकेडहरू राखिएका छन् र सडकहरू बन्द गरिएका छन् । यति हुँदाहुँदै पनि प्रदर्शनकारीहरू संसद भवनतर्फ अघि बढ्ने निरन्तर प्रयास गरिरहेका छन ।
प्रर्दशनकारीलाई रोक्न प्रहरीले लाठीचार्ज र अश्रुग्यासको प्रहार गरेको छ । दिल्ली प्रहरीले प्रदर्शनकारीहरूलाई शान्ति कायम राख्न आग्रह गरेको छ । ‘एक्स’ मा सन्देश जारी गर्दै प्रहरीले लेखेको छ, “दिल्ली प्रहरी सम्पूर्ण प्रदर्शनकारीहरूलाई संयमता अपनाउन तथा शान्ति एवं कानुन–व्यवस्था कायम राख्न प्रहरीलाई सहयोग गर्न आग्रह गर्दछ । कुनै पनि सामाजिक सञ्जालको माध्यमबाट अफवाह, गलत सूचना वा पुष्टि नभएका जानकारीमा विश्वास नगर्न तथा तिनलाई नफैलाउन सर्वसाधारणलाई सुझाव दिइन्छ । साथै, नागरिकहरूलाई विश्वसनीय स्रोतका सूचनामा मात्र भर पर्न र शान्ति, सद्भाव तथा शान्ति–सुरक्षा कायम राख्न दिल्ली प्रहरीलाई सहयोग गर्न अनुरोध गरिन्छ ।
यसैबीच, भापजा अध्यक्ष जेपी नड्डाले ‘ककरोच जनता पार्टी’का प्रतिनिधिलाई वार्ताका लागि बोलाएका थिए । वार्ता गर्नका लागि संस्थापक अभिजित दीपकेले आफ्नो अनशन फिर्ता लिएका छन । उनीहरुले तीनवटा मुख्य मागहरू अघि सारेका छन ।
३ प्रमुख मागहरुः
पहिलोः सामाजिक अभियन्ता सोनम वाङचुकलाई अस्पतालबाट तत्काल रिहा गर्नुपर्ने ।
दोस्रो : केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट हटाउने ।
तेस्रोः NEET-UG २०२६ को प्रश्नपत्र चुहावटपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई जनही १ करोड रुपैयाँ क्षतिपूर्ति ।
यसैबिच संसद भवन परिसरभित्रै गृहमन्त्री अमित शाहले र धर्मेन्द्र प्रधानसँग भेट गरेका छन ।
