१६ वर्षपछि फेरि स्पेनले जित्यो विश्वकपको उपाधी

नेपाल दर्पण, काठमाडौं ।
सन् २०१० मा पहिलो पटक विश्वकपको उपाधि जितेको स्पेनले आफ्नो इतिहास दोहो¥याउदै १६ वर्षपछि फेरि विश्वकप जितेको छ । आइतबार अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा सम्पन्न फाइनल खेलमा अर्जेन्टिनालाई १–० गोलअन्तरले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकप ट्रफी आफ्नो नाममा लेखाएको हो ।
खेलको पाँचौं मिनेटमा स्पेनका लागि लामिन यमालले प्रहार गरेको बल अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रक्षा गरे । खेलको ३९ औं मिनेटमा स्पेनका लागि मिकेल ओयारजाबालले गरेको प्रहार मार्टिनेजले बचाए । खेलको पहिलो हाफमा अर्जेन्टिना स्पेनको प्रहार रोक्नमै व्यस्त भयो । अर्जेन्टिनाले पहिलो हाफमा एउटा पनि प्रहार गर्न सकेन । खेलको दोस्रो हाफमा पनि अर्जेन्टिना विरुद्ध स्पेन हाबी रह्यो। तर गोल भने निकाल्न सकेन खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल निकाल्न नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा स्पेनले निर्णायक गोल गर्दै उपाधि सुनिश्चित गरेको हो ।प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको स्पेनले नकआउट चरणमा बलिया टोलीहरूलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि अन्ततः स्पेनले अवसरको सदुपयोग गर्दै विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।
