July 21, 2026

मुम्बईमा भारी वर्षाका कारण जनजिवन अस्तव्यस्त, यातायात प्रभावित, रेड अर्लट जारी

0
mumbai

नेपाल दर्पण, मुम्बई ।

मुम्बईमा लगातार चारदिन देखि आएको वर्षाका कारण जनजिवन अस्तव्यस्त बनेको छ । मुसलधारे वर्षा जनताको लागि कहर बनेको छ । भारी वर्षाका कारण मुम्बई तथा आसपासका क्षेत्रहरूमा पानी जमेको छ । जलजमाव हुनाले यातायात प्रभावित भएको छ । मुम्बईको लाइफलाइन मानिने रेल्वेका ट्रयाकहरुमा पानी भरिएकाले आवत जावतमा समस्या आएको छ । मौसम विभागले मानिसहरूलाई पुराना र कमजोर संरचनाहरू र तल्लो भेग र पानी जमेको क्षेत्रहरूबाट बच्न, रूखहरू र बिजुलीका पोलहरूबाट टाढा रहन पनि सल्लाह दिएको छ ।

मुम्बईस्थित भारत मौसम विज्ञान विभागका अनुसार, पूर्वी उपनगरहरूमा जुलाई १ मा बिहान ८ बजेदेखि जुलाई २ मा बिहान ७ बजेसम्म सबैभन्दा बढी वर्षा रेकर्ड गरिएको छ, मुलुन्डको मिठागर नगरपालिका विद्यालयमा २३०.८ मिमी, मानखुर्द अग्नि नियन्त्रक केन्द्र (२२८.६ मिमी) र एस वार्ड कार्यालय (२२ ७ मिमी), एफ साउथ वार्ड कार्यालयमा २२३.८ मिमी, जी साउथ वार्ड कार्यालय (२०८.२ मिमी) र बी नाडकर्णी पार्क म्युनिसिपल स्कूल, वडाला (२०६.२ मिमी)। पश्चिमी उपनगरहरूमा, सान्ताक्रुजमा २२३.४ मिमी , नारियाल वाडी स्कूल, सान्ताक्रुज (२२२.२ मिमी), अन्धेरी फायर स्टेशन (२१३.२ मिमी), के पूर्व वार्ड कार्यालय (२००.८ मिमी) र के पश्चिम वार्ड कार्यालय (२००.६ मिमी) वर्षा रेकर्ड गरिएको छ ।

मौसम मौसम विभागले मुम्बई र वरपरका जिल्लाहरूको लागि रेड अलर्ट जारी गरेको छ । विभागले मुम्बई, ठाणे, पालघर र रायगड जिल्लाहरूको लागि रेड अलर्ट जारी गरेको छ । हरेक वर्षजस्तै यसवर्षपनि बिएमसीको तयारी भने फितलो देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *