July 22, 2026

रास्वपाको महाधिवेशनको लागि गगन थापाले दिए शुभकामना, सहभागि हुने, पुगिसके लिङदेन

0
gaganr

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको लागि नेपाली कांग्रेसका सभापति गगन थापाले शुभकामना दिएका छन र सहभागि हुनका लागि चितवन जाने भएको समाचार प्राप्त भएको छ । यसअघि उपसभापति पुष्पा भुसाललाई पठाउने तय भए पनि अन्तिममा सभापति थापा स्वयं जाने भएको बताइएको छ ।

सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने अवसर भएको बताएका छन् । रास्वपाको महाधिवेशन आदेखि चितवनमा सुरु हुँदै छ । सोही अवसरमा शुभकामना दिँदै थापाले यस्तो उल्लेख गरेका हुन् । “यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो,“ थापाले फेसबुकमा लेखेका छन् । पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको भन्दै थापाले रस्वपाका सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् ।

यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका छन् । उद्घाटन समारोहमा सम्बोधन गर्दै लिङ्देनले रास्वपालाई शुभकामना दिने कार्यक्रम छ । यसैगरी अन्य दलबाट भने तल्लो क्रमका नेताहरू शुभकामना दिन पुग्दैछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने भएका छन् भने उनीहरूले वरीयताक्रमका हिसाबले तल रहेका नेताहरूलाई पठाउँदैछन् ।

यस्तै, जनमतका अध्यक्ष डा.सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि महाधिवेशनमा सहभागी हुन चितवन जाने भएका छन् । यता श्रम संस्कृति पार्टीबाट भने कोही पनि प्रतिनिधि सहभागी नहुने भएको सो पार्टीका नेताहरूले बताएका छन् । रास्वपाको पहिलो महाधिवेशन आइतबार उद्घाटन हुँदैछ असार ८ र ९ गते बन्द सत्र र निर्वाचन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *