June 15, 2026

मैले कुनै गल्ती गरेको छैन, पार्टीमा विधि र पद्धति भत्किनुमा सबै दोषी छनः ओली

0
oliji

नेपाल दर्पण, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो सरकार ढलेको र चुनावमा पार्टीले बेहोरेको हार स्विकार नगर्ने बताएका छन । उनले केही नेताहरूले आफूलाई मात्र दोष दिएर उम्कने प्रयास गरिरहेको भन्दै असन्तुष्टि पाखेका छन । पार्टीमा विधि र पद्धति भत्किनुमा आफ्नो मात्र दोष नरहेको बताउदै उनले पार्टीमा आएको संकटको समाधान सामूहिक रूपमै गर्नुपर्ने बताएका छन । विधि पद्धतिलाई जोड दिएका ओलीले कमजोरी आफ्ना कारणले मात्र नभएको दोहोर्याउँदै कमजोरीको जिम्मेवारी कमिटीका सबै नेताहरूले लिनुपर्ने धारणा राखेका थिए ।

आफ्नो विदाइका लागि आवाज उठाउनेहरूलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको साथ रहेकोतर्फ सङ्केत गर्दै ओलीले पुनर्गठनका नाममा पार्टीलाई तलमाथि पार्न नहुने बताएका थिए । ओलीले पार्टीको पुनर्संरचना भनेको कोही मन्छेलाई अदलबदल गर्दैमा नहुनेमा जोड दिएका थिए । ‘कोही मान्छे अदलबदल गरेर मात्र पार्टी पुनर्संरचना हुँदैन’, ओलीले भनेका छन्, ‘हामीले हाम्रो सिङ्गो कार्यशैली, विधि र पद्धतिलाई बिचमा लुज गरेका हौँला अब त्यसलाई ठिकठाक गर्नुपर्छ र एक ढिक्का भएर जानुपर्छ ।’

पार्टीभित्र आफूविरुद्ध मोर्चाबन्दी कसिँदै गएको ओलीले प्रस्ट बताए । ‘मोर्चाबन्दी भएको छ । यो कुरा हामीलाई थाहा छ । तर मैले कुनै गल्ती गरेको छैन’, ओलीले भने, ‘तर मलाई हटाएर के हुन्छ । कुन प्रक्रियाबाट हटाइन्छ । त्यसको पनि त प्रक्रिया होला’ ओलीको भनाइ थियो । उनले आगामी केन्द्रीय कमिटी बैठकमा विस्तृत बताउने भन्दै ‘एमालेमा लोभी र पापी मात्र छैनन्, विवेकशील नेता कार्यकर्ता पनि छन् । उनीहरुले सही निर्णय गर्छन् ।’ बैठकमा नेताहरू आनन्द पोखरेल, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, क्रान्ति बुर्लाकोटी, उर्मिला सुनुवार लगायतले ओलीबाट पार्टी चल्न नसक्ने भन्दै पुनर्संरचना र पुनर्गठन जरुरी रहेको धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *