June 14, 2026

काभ्रे बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन

0
khabre

नेपाल दर्पण, काठमाडौं ।

काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सडकमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । शुक्रबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका थिए । नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति शनिबार गठन गरिएको हो ।

बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । सोही घटना प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालयका पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य–तथ्य छानबिन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्नु पर्नेछ । समितिलाई घटनाको कारण तथा जिम्मेवार पक्ष पहिचानसहित सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *