June 3, 2026

झुके ओली, झुक्यो एमाले, पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय

0
oliv

नेपाल दर्पण, काठमाडौं ।

नेकपा (एमाले)ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने भएको छ । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतासम्बन्धी निर्णय १० महिनामा उल्टाएको हो । यसअघि २०८२ साउन ६ गते बसेको केन्द्रीय कमिटी बैठकले खास गरि केपी ओली सहमत नभएपछि भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो तर अहिले ओली र उनको पार्टी दुबै लचक भएर सदस्यता दिने निर्णय गरेको छ ।

सोमवार बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । यसअघि नवीकरण भइसकेको भण्डारीको सदस्यता वैधानिक नभएको भन्दै एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले नै सदस्यता नदिने निर्णय गरेको थियो । पूर्वराष्ट्रपति भण्डारीले ११औँ महाधिवेशनमा पार्टी नेतृत्वमा आउने तयारी गरेपछि सदस्यता नवीकरण नगर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णय सुनाएका थिए । भण्डारीको सदस्यता नवीकरण नगर्ने ओलीको निर्णयसँगै कतिपय नेताहरूले नेतृत्वको कार्यशैलीलाई लिएर विरोध जनाएका थिए । विरोधमा उत्रिएका अधिकांश नेता अहिले केन्द्रीय कमिटीमा समेटिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *