June 3, 2026

स्वदेशमै औषधि उत्पादन बढाइने, दुर्गम क्षेत्रका नागरिकहरूलाई टेलिहेल्थ सेवा

0
ramcp

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल औषधि लिमिटेडको सुदृढीकरण गरी स्वदेशमै औषधि उत्पादन बढाइने घोषणा गरेका छन् । सोमबार सरकारको नीति तथा कार्यक्रम प्रत्स्तुत गर्दै राष्ट्रपति पौडेलले नेपाल औषधि लिमिटेडको सुदृढीकरण गरी स्वदेशमै औषधि उत्पादन बढाइने बताएका हुन् । साथै, आयुर्वेद, प्राकृतिक चिकित्सा र वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक आधारमा संस्थागत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । दुर्गम क्षेत्रका नागरिकहरूलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउन टेलिहेल्थ सेवा सञ्चालन गरिने बताएका छन् ।

यस्तै, सरकारले क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाममा जोड दिने नीति लिएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाममा जोड दिँदै नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति लिइने बताएका हुन् । मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अंग मान्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । अत्याधुनिक अपांगता पुनस्र्थापना केन्द्रहरूको स्थापना गरी फिजियोथेरापी र प्रोस्टेटिक्स जस्ता विशिष्टीकृत सेवाहरू प्रदान गरिने, बौद्धिक अपांगता भएका बालबालिकाका लागि विशेष सहायक प्रविधि र कार्यक्रमहरू सञ्चालन गरिने घोषणा सरकारले गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *