भारतमा ‘कक्रोच’(साङ्ला) आन्दोलन उत्कर्षमा, युवाहरुको सामना गर्न मोदीलाई हम्मेहम्मे

नेपाल दर्पण,मुम्बई ।
भारतमा आफूलाई ‘कक्रोच’(साङ्ला)भन्ने युवाहरूले शिक्षा प्रणालीका कमजोरीविरुद्ध सुरु गरेको आन्दोलन अहिले चरम उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफु विरुद्ध उत्रिएको युवाहरुको सामना गर्न हम्मेहम्मे परेको छ । आन्दोलनको पृष्ठभूमि चिकित्सा कलेज तथा सरकारी सेवाका प्रवेश परीक्षामा प्रश्नपत्र चुहावटबाट शुरु भएको हो । बारम्बार परीक्षा रद्द वा पुनः सञ्चालन गर्नुपर्दा लाखौँ विद्यार्थी प्रभावित भएका भएका छन् ।
मे महिनामा सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तले एक सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’सँग तुलना गरेर उनीहरुलाई प्यारासाइट भनेपनि त्यसको सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । त्यसपछि बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजित दिपकेले ‘कक्रोच पिपुल्स पार्टी (सीजेपी)’ गठन गरेका थिए । धेरै युवाले ‘कक्रोच’लाई दृढता र सङ्घर्षको प्रतीकका रूपमा अपनाए । सामाजिक सञ्जालमार्फत अभियान तीव्र गतिमा फैलिँदै लाखौं समर्थक जोडिए । समर्थकहरूले बेरोजगारी, सीमित रोजगारीका अवसर र आर्थिक दबावबारे सरकारको आलोचना गर्दै व्यङ्ग्यात्मक सामग्री सार्वजनिक गर्न थाले । जुनमा दिपके भारत फर्किएपछि आन्दोलन सडकमा पनि विस्तार भयो । विभिन्न सहर र विश्वविद्यालयमा विरोध प्रदर्शन आयोजना गरियो भने नयाँ दिल्लीको जन्तर–मन्तर आन्दोलनको मुख्य केन्द्र बन्यो ।
आन्दोलनलाई सामाजिक कार्यकर्ता सोनम वाङचुकले साथ दिदै आमरण अनशमा बसे । आन्दोलनकारीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, परीक्षा प्रणालीमा सुधार तथा प्रश्नपत्र चुहावटसँग सम्बन्धित घटनाबाट प्रभावित विद्यार्थीका परिवारलाई क्षतिपूर्तिको माग गर्दै आएका छन् । विद्यार्थीसँगै विभिन्न पेसाका व्यक्ति र परिवार पनि आन्दोलनमा सहभागी भएका छने । सुरुमा सरकारले आन्दोलनकारीसँग वार्ता गर्न अस्वीकार गरेको थियो । शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आन्दोलनकारी राष्ट्रहितविपरीत गतिविधिमा लागेको आरोप लगाउँदै परीक्षा पुनः सञ्चालन गरेर समस्या समाधान भइसकेको दावी गरेका थिए । अहिले आन्दोलन चर्किँदै गएपछि सरकारी धारणा परिवर्तन हुन थालेको देखिएको छ । सोमवार संसद्तर्फ मार्च गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो । त्यसपछि सरकारका एक मन्त्रीले आन्दोलनका प्रतिनिधिसँग भेटवार्ता गरे पनि त्यसबाट विवाद समाधान हुन सकेन ।
यसैबिच अनशनमा बसेका वाङचुकलई केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले हडताल अन्त गर्न अनुरोध गरेका छन । उनीहरूका केही मागहरू सकारात्मक रूपमा विचार गरिनेछ भनेर आश्वासन दिएका छन । वाङचुकले पेपर लीकपछि आत्महत्या गर्ने विद्यार्थीहरूको परिवारलाई पर्याप्त क्षतिपूर्ति दिन माग गरेका छन् । यसका साथै, जवाफदेहिता स्थापित गर्न संसदमा अर्थपूर्ण छलफल हुनुपर्छ भनेका छन । यसमा शिक्षामन्त्रीको राजीनामा पनि समावेश छ । वाङचुकले विरोधमा संलग्न व्यक्तिहरू विरुद्ध कानुनी मुद्दा, उत्पीडन वा बदला लिने कार्य नगर्न सरकारलाई आग्रह गरेका छन ।
