नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले कोसी र कर्णाली प्रदेशबाट निर्वाचित ६ दलका प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको धारणा सुन्न र बुझ्नका लागि एउटा बैठक बोलाएका थिए । छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदलाई डाकिएको थियो ।
यही चैत १३ गते प्रधानमन्त्री बनेका शाहले सांसदहरूलाई प्रदेशगत रूपमा बोलाउँदै सुझाव माग्न थालेका हुन् । १८२ सिटको पार्टीका नेतासमेत रहेका बालेनले सबै दलका सांसदलाई बोलाएका थिए तर कोसीबाट तीन सिट जितेको श्रम संस्कृति पार्टीले छलफल बहिष्कार ग¥यो । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक बोलाउन माग गर्दै कोठे बैठकमा उपस्थित नहुने धारणा सार्वजनिक गरेका छन् ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज कर्णाली प्रदेशका सङ्घीय सांसदहरूसँगको छलफलमा उनले बजेटमार्फत कर्णाली प्रदेशलाई न्यायोचित सम्बोधन गरिने विश्वास दिलाए । “कर्णालीलाई आगामी बजेटमा न्यायोचित सम्बोधन गरिन्छ, बजेट सन्तुलित हुन्छ”, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी सल्यान क्षेत्र नं १ का सांसद रमेश मल्लले भने । छलफलमा प्रधानमन्त्री शाहले सरकार यस वर्ष शासकीय सुधारमा केन्द्रित रहने बताए । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचित सांसद मल्लले प्रधानमन्त्रीसँगको छलफल आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा केन्द्रित रहेको जानकारी दिए ।
छलफलमा सहभागी सांसदहरुले आगामी वर्षको बजेटमा कर्णालीलाई पहिलो प्राथमिकता दिन, प्रदेशको शासकीय सुधार तथा भौतिक पूर्वाधार निर्माणलगायत बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । “जाजरकोट भूकम्पपछिको राहत तथा पुनर्निर्माण, मनसुनपूर्व तयारी, कर्णाली, भेरी, राप्तीलगायत विभिन्न सडक करिडोर तथा मध्यपहाडी, मदनभण्डारी, लुम्बिनी–रारालगायत लोकमार्ग तथा सडक पूर्वाधार, स्वास्थ्य बिमा, मातृ–शिशु पोषण, दैलेखको पेट्रोलियम खानी अनुसन्धान, वन्यजन्तुबाट हुने जोखिम व्यवस्थापन साथै सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, वन, पर्यटन, शिक्षा क्षेत्रका प्राथमिकताबारे प्रधानमन्त्रीसँग कुरा राखेका छौँ”, सांसद मल्लले भने ।
नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…
नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…
नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…
नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…
नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…
नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…
This website uses cookies.