ओली र लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतको आदेश

नेपाल दर्पण, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । आज आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको हो । उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो । उनीहरूलाई आज अदालत उपस्थित गराइएको थियो । लेखकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल रूपमा उपस्थित गराइएको थियो ।

चैत १४ मा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेर आइतबार अदालतमा उपस्थित गराएको थियो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखक सहित तत्कालीन केन्द्रीय सुरक्षा समितिका अधिकारीहरूलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सिफारिस अनुसार प्रहरीले उनीहरूमाथि ‘ज्यान सम्बन्धी कसुर’मा समेत अनुसन्धान गरिरहेको छ ।

उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीमा पठाइएको छ । सो प्रतिवेदनको आधारमा प्रहरीले ओली र लेखकमाथि अनुसन्धान गरिरहेको छ । केन्द्रीय सुरक्षा समितिमा प्रहरीका आईजीपी, सशस्त्र प्रहरीका महानिरीक्षक, गृह मन्त्रालयका सचिव र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य हुन्छन् । जेनजी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो ।

Chief Editor

Recent Posts

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग गरे छलफल, कोसी र सुपका मुख्यमन्त्री आएनन्

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…

20 hours ago

२०६२ देखि सार्वजनिक उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठन

नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…

2 days ago

पूर्वउर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…

2 days ago

देशभर दोस्रो आर्थिक गणना हुँदै, 5 हजार जनशक्ति परिचालन

नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…

2 days ago

देशलाई अघि बढाउन स्थिरता, निरन्तरता र सहकार्य आवश्यकः ज्ञानेन्द्र शाह

नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…

4 days ago

महान् गायिका आशा भोसलेको निधन, बलिउडमा छायो शोक

नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…

5 days ago

This website uses cookies.