गगन थापाको राजीनामा अस्वीकृत, १५ औं महाधिवेशन ०८३ असोज १६–१९ गते

नेपाल दर्पण, काठमाडौं ।

नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन आगामी ०८३ को असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले १५औं महाधिवेशनको मिति तय गरेको हो । अब नयाँ कार्यतालिकानुसार वडा अधिवेशन ०८३ को भदौ २, गाउँ÷नगर अधिवेशन भदौ ७ गते, प्रदेश÷क्षेत्रीय अधिवेशन भदौ १७ गते, क्षेत्रीय अधिवेशन भदौ २४ गते गर्ने भएको छ।

यस्तै, जिल्ला अधिवेशन असोज २ र ३ गते र प्रदेश अधिवेशन असोज ७ र ८ गते गर्ने भएको छ। निर्वाचन समिति संयोजकमा नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई नियुक्त गरेको छ । यस्तै, पार्टी केन्द्रीय कार्यालयमा मंगलबार र बुधबार दुई दिन बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको हो ।

बैठकले १५औँ महाधिवेशनको कार्यतालिका संशोधन, सम्पत्ति छानबिन उच्चस्तरीय आयोग गठनको माग, केन्द्रीय निर्वाचन समिति गठन, संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउनेलगायत निर्णय गरेको हो । मंगलबारको बैठकमा २८ र बुधबार बसेको बैठकमा ३९ जना गरी ७६ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । पार्टी सभापतिबाट दिएको राजीनामा अस्वीकृत भएपछि कांग्रेस सभापति गगनकुमार थापाले मंगलबार आफ्नो मन्तव्य राख्दै बैठक प्रारम्भ गरेका थिए ।

Chief Editor

Recent Posts

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग गरे छलफल, कोसी र सुपका मुख्यमन्त्री आएनन्

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…

20 hours ago

२०६२ देखि सार्वजनिक उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठन

नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…

2 days ago

पूर्वउर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…

2 days ago

देशभर दोस्रो आर्थिक गणना हुँदै, 5 हजार जनशक्ति परिचालन

नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…

2 days ago

देशलाई अघि बढाउन स्थिरता, निरन्तरता र सहकार्य आवश्यकः ज्ञानेन्द्र शाह

नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…

4 days ago

महान् गायिका आशा भोसलेको निधन, बलिउडमा छायो शोक

नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…

5 days ago

This website uses cookies.