सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छः बालेन शाह

नेपाल दर्पण, काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा भावि प्रधानमन्त्री बालेन शाहले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन् । शनिबार उनले सामाजिक सञ्जाल फेसबुकमा इद उल फित्रको अवसरमा शुभकामना दिँदै धर्म, संस्कृति र विविधताको सम्मान गर्दै, सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ।’ इदले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भन्दै इद पर्वको शुभकामना दिएका छन । नया सरकार गठनको प्रक्रियामा रहेको रास्वपाका शिर्ष नेताहरु अहिले सरकार गठन गर्ने तयारीमा जुटेका छन । केहीदिनदेखि शिर्ष नेता सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायतका नेताहरु सरकार गठनको छलफल गरिरहेका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा एक्लैले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको थियो । रास्वपा एक्लैले शक्तिशाली सरकार बनाउने नेताहरुले बताएका छन् । रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातितर्फ ५७ सिट पाएको थियो । निर्वाचनअघि वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेको थियो । “शक्तिशाली सरकार निर्माणमा रास्वपाका शीर्ष नेताहरु जटिरहनुभएको छ । मन्त्रालय घटाउने विषयमा निरन्तर छलफल भइरहेको छ । प्रधानमन्त्री बालेनको शपथसँगै मन्त्रिपरिषद् पनि एकै पटकगठन गर्ने गरी तयारी हो,” रास्वपाका एक नेताले भने ।

Chief Editor

Recent Posts

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग गरे छलफल, कोसी र सुपका मुख्यमन्त्री आएनन्

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…

21 hours ago

२०६२ देखि सार्वजनिक उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठन

नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…

2 days ago

पूर्वउर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…

2 days ago

देशभर दोस्रो आर्थिक गणना हुँदै, 5 हजार जनशक्ति परिचालन

नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…

2 days ago

देशलाई अघि बढाउन स्थिरता, निरन्तरता र सहकार्य आवश्यकः ज्ञानेन्द्र शाह

नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…

4 days ago

महान् गायिका आशा भोसलेको निधन, बलिउडमा छायो शोक

नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…

5 days ago

This website uses cookies.