चैत्र १३ गते बालेन शाहले प्रधानमन्त्री पदको सपथ लिने



नेपाल दर्पण, काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू सरकार गठनका लागि छलफलमा जुटेका छन् । आजबाट निर्वाचन आयोगले प्रतिवेदन बुझाएसँगै रास्वपालाई नयाँ सरकार गठनको बाटो खुलेको हो । सरकार गठनका लागि सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र अर्का उपसभापति डीपी अर्याल तथा वरिष्ठ नेता बालेन्द्र शाह छलफलमा जुटेका हुन् ।
अब बन्ने बालेन शाह नेतृत्वको शक्तिशाली सरकारमा वाग्लेलाई अर्थमन्त्रीको रुपमा हेरिएको छ । रास्वपाका नेताहरुको आजको छलफलमा यही चैत्र १३ गते वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुने र शपथ खाने तय भएको छ । रास्वपाले दुई तिहाईनजिकको बहुमत पाएकोले प्रधानमन्त्रीको रुपमा शाहले विश्वासको मत लिनुपर्ने छैन । ०७२ को संविधान जारी भएपछि पहिलोपटक संविधानको धारा ७६ को १ बमोजिम सरकार गठन हुनेछ ।
हिजोमात्रै रास्वपाले नवनिर्वाचित सांसदहरुको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा बरिष्ठ नेता शाह भने अनुपस्थित् थिए । सभापति लामिछानेले भने समापन समारोहलाई सम्बोधन गरेका थिए ।

