नेपाल दर्पण, काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई गृहमन्त्री र डा। स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीका रुपमा अगाडी सारेको बताइएको छ । नयाँ सरकार गठनका लागि पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सरकार गठनको गृहकार्यमा जुटेका छन् । प्रतिनिधिसभाको हालै सम्पन्न निर्वाचनमा पार्टीले दुई तिहाईनजिकको बहुमत ल्याएपछि यतिवेला रास्वपाको नेतृत्व पँक्ति सरकार निर्माणको लागि गृहकार्यमा जुटेको हो ।
पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा शक्तिशाली सरकार बन्न लागेकोले गृह, अर्थ, रक्षा र परराष्ट्रजस्ता संवेदनशील मन्त्रालयको नेतृत्वमा परिपक्व र योग्य व्यक्तिलाई पठाउने रास्वपाको तयारी छ । सभापति लामिछानेले यसअघि नै अर्थमन्त्रीको रूपमा उपसभापति डा। स्वर्णिम वाग्लेलाई अघि सारिसकेका छन् । कतिसम्म भने वाग्लेलाई सभापति लामिछानेले ‘डा। साहेब, अबको बजेट लेख्न थाल्नुहोस’ भनेर सार्वजनकि रूपमा भनेका थिए । बालेन सरकारमा अर्थमन्त्रीको रूपमा वाग्लेलाई नै अघि सारिएको छ । यद्धपी बालेनले के गर्छन् रु त्यो भने हेर्न बाँकी छ । अर्थ मन्त्रालयभन्दा पनि महत्वपूर्ण मानिएको गृह मन्त्रालयको नेतृत्वमा कसलाई पठाउने भन्ने विषयमा पनि रास्वपाभित्र बहस सुरु भएको बताईन्छ ।
सभापति लामिछानेले पार्टी हाँक्ने भएको हुँदा यसपटक दुवै जना उपसभापतिलाई सरकारमा पठाउने तयारी गरेका छन् । कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेका डिपी अर्याललाई गृह मन्त्रालयको नेतृत्व सुम्पिने लामिछानेको चाहना छ । तर, अहिले नै मन्त्रिमण्डल गठनको विषयमा कसलाई मन्त्री बनाउने भनेर व्यक्तिविशेषको तहमा लामिछाने र शाहबीच छलफल नभएको बताईन्छ । रवि लामिछानेको अनुपस्थितिमा कुशलतापूर्वक पार्टी नेतृत्व गरिसक्नुभएका अर्यालमाथि अब देशको सुरक्षा र सुशासनको ठुलो जिम्मेवारी थपिएको छ । आम जनताले उनको कार्यकालमा वर्षौँदेखि गुपचुप रहेका भ्रष्टाचार र ठुला काण्डका फाइलहरू खुल्नेमा ठुलो आशा र भरोसा राखेका छन् ।
नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…
नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…
नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…
नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…
नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…
नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…
This website uses cookies.