नेपाल दर्पण, काठमाडौं
संविधानअनुसार एउटा सरकारमा अधिकतम २५ जना मन्त्री राख्न सकिन्छ तरभावी प्रधानमन्त्री बालेन शाहले हालको २२ वटा मन्त्रालयको संरचनालाई १४–१५ वटा मन्त्रालयमा सीमित गर्ने योजना बनाएको बुझिएको छ । बालेनले यो योजना आफ्ना निकट नेताहरूसँग छलफल गरिसकेका र आगामी मन्त्रिपरिषद गठनमा यसलाई कार्यान्वयन गर्ने तयारीमा रहेको बताइएको छ । यसरी मन्त्रालय घटाउँदा सरकारको कार्यक्षमता बढ्ने र प्रशासनिक खर्च पनि घट्ने अपेक्षा गरिएको छ ।
एकलौटी सरकार गठनको जनादेश पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले परम्परागत राजनीतिक भागबन्डाभन्दा फरक शैलीमा सरकार गठन गर्ने तयारी थालेको हो । भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन शाहले सांसदभन्दा बाहिरका विज्ञ, प्राविधिक र दक्ष व्यक्तिलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र गम्भीर छलफल अघि बढाएका छन् । उद्देश्य राजनीतिक भागबन्डा होइन, काम गर्न सक्ने दक्ष टिम बनाएर नतिजामुखी सरकार चलाउने होे । तर नेपालको संविधान २०७२ अनुसार गैरसांसद मन्त्री बने पनि ६ महिनाभन्दा बढी पदमा रहन नपाउने व्यवस्था छ । त्यसैले यस्तो ‘विज्ञ क्याबिनेट’लाई दीर्घकालीन बनाउने हो भने संविधान संशोधन अनिवार्य हुने अवस्था छ ।
बालेन यो संवैधानिक सीमाबारे पूर्ण रूपमा जानकार र सजग छन् । त्यसैले उनले ६ महिनाभित्र संविधान संशोधन सम्भव हुन्छ कि हुँदैन, त्यसका लागि आवश्यक राजनीतिक समर्थन जुटाउन सकिन्छ कि सकिँदैन र त्यसक्रममा आउन सक्ने जोखिम के हुन् भन्ने विषयमा समेत पार्टीभित्र रणनीतिक छलफल गरिरहेका छन् । रास्वपाको चुनावी वाचापत्रमै पनि दक्षता र विशेषज्ञतामा आधारित मन्त्री बनाउने प्रतिबद्धता उल्लेख गरिएको थियो ।
नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…
नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…
नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…
नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…
नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…
नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…
This website uses cookies.