नेपाल दर्पण, काठमाडौं
भर्खरै सपन्न भएको प्रतिनिधिसभामा अहिले ९० प्रतिशत भन्दा बढी नयाँ अनुहार भएका निर्वाचित भएका छन । २१ फागुनको निर्वाचनबाट मतदाताले ९० प्रतिशत नयाँ जनप्रतिनिधि चयन गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाइ बहुमत पाएको निर्वाचनमा सबैजसो दलमा नयाँ जनप्रतिनिधिको बाहुल्यता रहेको छ । २७५ मध्ये करिब २५० जना सांसद नयाँ हुनेछन् । यसपालिको प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ जनामध्ये १४० जना नयाँ सांसद हुनेछन् ।
प्रतिनिधिसभामा विभिन्न दलबाट १० जना सांसदहरू निर्वाचित भएका छन्, जो यसअघि नै पटकपटक संसद्मा देखिएका अनुहार हुन् । रुकुम पूर्वबाट निर्वाचित नेकपा उम्मेदवार पुष्पकमल दाहाल, रोल्पाबाट निर्वाचित वर्षमान पुन, सर्लाही–४ मा रास्वपाबाट निर्वाचित अमरेशकुमार सिंह त्यसका उदाहरण हुन् । कांग्रेसका टेकबहादुर गुरुङ, पुष्पकमल दाहाल, वर्षमान पुन र धनबहादुर बुढा र महेन्द्रबहादुर शाही र मोहम्बर इस्तिहाक राई मात्रै दुई पटकभन्दा बढी निर्वाचित सांसद हुन् । धनकुटामा एमाले सांसद राजेन्द्रकुमार राई, मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ, डोल्पामा नेकपाका धनबहादुर बुढा, कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही पनि यसअघि निर्वाचित सांसद हुन् । बाँके–२ का एमालेका मोहम्बद इस्तियाक राई र बाजुराबाट नेपाली कांग्रेसका जनकराज गिरी पनि पुरानै सांसद हुन्, जो यसपालि पनि निर्वाचित भए ।
२०७९ सालको प्रतिनिधिसभामा कैयौं सांसदहरू निर्वाचित भएर आएका थिए, जो यसपालि पनि दोहोरिएका छन् । रास्वपाबाट निर्वाचितमध्ये १२ जना दोहोरिएका छन् । रवि लामिछाने, हरि ढकाल, सोविता गौतम, निशा डाँगी, इन्दिरा राना मगर, मनिष झा, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डीपी अर्याल,डा. स्वर्णिम वाग्ल र डा. तोसिमा कार्की यसपालि निर्वाचित भए । जुम्लाबाट निर्वाचित राप्रपा सांसद ज्ञानेन्द्र शाही र मुस्ताङबाट अघिल्लो पटक निर्वाचित कांग्रेस सांसद योगेश गौचन पनि दोहोरिएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल आ–आफ्नो क्षेत्रमा पराजित भए । कांग्रेस सभापति गगन थापा निर्वाचित हुन सकेनन् । एमालेका ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदिप ज्ञवाली, गोकर्ण विष्ट पराजित भए । कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव राख्ने शेखर कोइरालासहित गुरुराज घिमिरे, प्रदिप पौडेल, विमलेन्द्र निधि लगायत पराजित भए । मधेशमा क्रियाशील दलहरूका नेता एवं मधेशवादी दलका कुनै पनि प्रमुख नेताहरू निर्वाचित हुन सकेनन् । उपेन्द्र यादवदेखि राजेन्द्र महतो, सीके राउतलगायत पराजित भए । कांग्रेस एवं एमालेबाट मधेशमा क्रियाशील नेताहरु निर्वाचित हुन सकेनन् । मधेश प्रदेशका ३२ मध्ये ३० सिट रास्वपाले जितेको छ ।
३० वर्षमुनिका १३ जना सांसद चुनिएका छन् । जसमध्ये सबै रास्वपाका छन् भने एकजना मात्रै श्रम संस्कृति पार्टीका छन् । ४० वर्षमुनिका सांसदको संख्या ६२ छ । ५० वर्षमुनिका सांसदहरु ११९ जना छन् । अनुभव र परिपक्वताका प्रश्नहरू सामना गर्दै जनमुखी काम गर्नु उनीहरूको चुनौती हो ।
नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…
नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…
नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…
नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…
नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…
नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…
This website uses cookies.