भारत र भुटानका प्रधानमन्त्रीले रवि लामिछाने र बालेनलाई दिए जितको बधाई

नेपाल दर्पण, काठमाडौं

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलाई टेलिफोनमार्फत विजयका लागि बधाई दिएका छन । सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री मोदीले दिएको बधाई सन्देशमा बालेनले धन्यवाद व्यक्त गरेका हुन् । नेपाल र भारतबीच घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई परिणामुखी बनाउन सहकार्य गर्ने विश्वास बालेनले व्यक्त गरेका छन् । ‘नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु,’ धन्यवाद व्यक्त गर्दै बालेनले भनेका छन् ।

यस्तै, भुटानका प्रधानमन्त्री तोब्गेले मंगलबार सामाजिक सञ्जालमार्फत उनले चुनाव सफल भएकामा सबै नेपाली जनतालाई पनि बधाई दिएका छन् । यस क्रममा उनले भुटान र नेपालबिचको मित्रता अझ गाढा बनाउन तयार रहेको पनि उल्लेख गरेका छन् । ‘नेपालको आम निर्वाचनमा ठुलो विजय हासिल गर्नुभएमामा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ । साथै सफल चुनावका लागि म नेपाली जनतालाई पनि बधाई दिन्छु’, भुटानका प्रधानमन्त्री तोब्गेले लेखेका छन्, ‘दुईदेशबिचको गहिरो मित्रता अझ प्रगाढ बन्ने आशा छ ।’

Chief Editor

Recent Posts

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग गरे छलफल, कोसी र सुपका मुख्यमन्त्री आएनन्

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…

21 hours ago

२०६२ देखि सार्वजनिक उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठन

नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…

2 days ago

पूर्वउर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…

2 days ago

देशभर दोस्रो आर्थिक गणना हुँदै, 5 हजार जनशक्ति परिचालन

नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…

2 days ago

देशलाई अघि बढाउन स्थिरता, निरन्तरता र सहकार्य आवश्यकः ज्ञानेन्द्र शाह

नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…

4 days ago

महान् गायिका आशा भोसलेको निधन, बलिउडमा छायो शोक

नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…

5 days ago

This website uses cookies.