दंभ, अहंकार र घमण्डले भरिएका ओलीलाई नेतृत्वबाट हटाउन छलफल शुरु



नेपाल दर्पण, काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी ओलीको दंभ, अहंकार र घमण्डले चुनावमा उत्तानो परेको एमाले भित्र अब नेतृत्व परिवर्तनको बहस शुरू भएको छ । पहिला ओलीको विरोधमा बोल्न नसक्ने नेताहरु चुनावपछि मुख खोल्न थालेका छन ।
आफ्नो क्षेत्रमा चुनाव हारेपछि नेता प्रदीप ज्ञवालीले पनि आवश्यकता परे नेतृत्व परिवर्तन गर्नेतर्फ जाने बताएका छन । उनले केही पदाधिकारीसँग छलफल पनि गरेका बताइएको छ । यस्तै, पराजित भएपछि नेता विष्णु पौडेलले गल्ती कमजोरीको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैँलाई रुपान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता जनाएका छन् ।
चुनावमा पार्टीको लज्जास्पद हार हुदापनि महासचिव शंकर पोखरेल, सचिवहरू भानुभक्त ढकाल, महेश बस्नेत, डा राजन भट्टराई भने नेतृत्व परिवर्तनको पक्षमा देखिएका छैनन् । ईश्वर पक्षका नेता महाधिवेशनदेखि नै रुष्ट छन् । अहिले ओली पक्ष नेताहरू नै नेतृत्वको विकल्पबारे कुरा गरिरहेका हुन् ।

