नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले ‘अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्ने बताएकी छिन । उनले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, र ऐतिहासिक बनाउन अपिल गरेकी छिन् । देशवासीका नाममा सम्बोधन गर्दै उनले इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई आफूले मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएको बताएकी छिन् ।
निर्वाचनपछि निर्वाचित सरकारले देशको नेतृत्व गर्ने उनले बताएकी छन । ‘मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ’, उनले भनिन्, ‘अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ ।’ उनले निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न सबै नागरिकलाई अपिल गरेकी छिन् । उनले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक महत्वको रहेको तर्क गरिन् ।
‘देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्’, उनले भनिन्, ‘भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन । यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो ।’
नेपाल दर्पण, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालाले सर्वोच्च अदालतको फैसला…
नेपाल दर्पण, काठमाडौं । नेपाली कांग्रेस विवादमा सर्वाेच्च अदालतले दिएको फैसलापछि संकटमा परेको इतर समूह…
नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…
नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…
नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…
नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…
This website uses cookies.