नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मतदातालाई आफ्नो भोटको महत्व बुझ्न आग्रह गरेका छन । उनले मतदातालाई झुटो आश्वासन, केही लिटर पेट्रोल, रकम वा माछामासु र मादकपदार्थको प्रलोभनमा परेर मतदान नबेच्न भनेका हुन । उनले मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन् ।
विगतमा मतदाताले झुटो आश्वासन, केही लिटर पेट्रोल, रकम वा माछामासु र मादकपदार्थको प्रलोभनमा परेर मतदान गरेका उनले टिप्पणी गरे । सत्तामा बस्ने नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना गल्ती नसच्याए देश दुर्घटनामा जाने लिङ्देनको चेतावनी छ । उनले तत्कालीन राजा, राजनीतिक दल र युवापुस्ताबीच नयाँ समझदारीको आवश्यकता औँल्याए ।
निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । बुटवलमा आयोजित एक चुनावी सभामा उनले भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा हजारचोटि विचार गर्नुपर्ने बताएका हुन् ।
नेपाल दर्पण, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ’ अभियान सञ्चालन गर्दै आएका…
नेपाल दर्पण, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्व र त्यसको मारमा…
नेपाल दर्पण, काठमाडौं । इजरायल र इरानबिच शुरु भएको युद्धपछि सृजना भएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर…
नेपाल दर्पण, काठमाण्डौ ।फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सँघारमा छ । यस…
नेपाल दर्पण, नया दिल्ली भ्रष्टाचारको आरोप लगाइएका भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष…
नेपाल दर्पण, झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली हाल आफ्नो…
This website uses cookies.