जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा राष्ट्रिय शोक दिवस मनाईयो

नेपाल दर्पण, काठमाडौं ।

जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन गरिएको छ । बुधबार काठमाडौंको माइतीघर र संसद् भवनअगाडि भेला भएर मृतकका परिवार तथा जेनजीहरूले देशभरका सहिदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । यही भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक दिवस मनाईएको छ ।

आन्दोलनमा शहादत प्राप्त गरेकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । भदौ २३ गतेको प्रदर्शनमा सरकारको दमनको कारण १९ जना युवाले ज्यान गुमाएका थिए । भदौ २४ गतेको प्रदर्शनमा पनि ठूलो संख्यामा नागरिकले ज्यान गुमाएका छन् । दुई दिनको प्रदर्शनको क्रममा अहिलेसम्म ७४ जनाको निधन भएको सरकारको तथ्यांकले भनेको छ । सयौँ घाइते भएका थिए ।

जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए । मृतकप्रति श्रदाञ्जली दिँदै परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरे । उनीहरूले देशमा आफूहरूको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास समेत व्यक्त गरे ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.