यहाँ हुँदै हुन्न प्रगति के भो के भो
प्रायः घात बन्यो पिरति के भो के भो ।।
अनियन्त्रित हुन्छु रात ढल्किए पछि
छोडिन्न बिर्कोमा ओखती के भो के भो ।।
कस्तो, मन र मष्तिस्कको समागम
जल्छ यो मुटु भतभति के भो के भो ।।
कडा नै हुन्छन् दिल सफा हुनेहरु
हुदै हुन्न है सहमति, के भो के भो ।।
म किन अनवरत दुखी रहन्छु
रैछ समयकै ज्यादति के भो के भो ।।
यौवन र मृत्युको उत्सव हुदैछ
बुझिन कुरा अलिकति के भो के भो ।।
लोचन पाण्डे ‘फूलको थुँगा’
लम्किचुहा नपा तिघ्रि कैलाली ।
हालःमुम्बई । मोंः 9004594936
नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…
नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…
नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…
नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…
नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…
नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…
This website uses cookies.