अपहरणपछि हत्या भएको घटनामा सापकोटा विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

नेपाल दर्पण, काठमाडौं ।

पूर्वसभामुख अग्नि सापकोटा विरुद्धको मुद्दा आज हेर्दाहेर्दैमा सकिएको छ । अब मुद्दामा जेठ २३ मा सुनुवाइ हुने सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

सर्वोच्च अदालतले जेठ २३ गते सुनुवाइ गर्ने भएको छ । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

सशस्त्र युद्धको समयमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या भएको घटनामा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *