गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द

कञ्चनपुर , काठमाडौं ।

कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका मंगलबारदेखि तीन दिनसम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको हो । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार भारतमा लोकसभा निर्वाचन हुने भएकाले नाका बन्द गर्न लागिएको हो । मंगलबार साँझ सवा ५ बजेदेखि मतदान नसकिउञ्जेलसम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । स्वास्थ्य सेवाका लागि भने नाका खुला नै रहने निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *