दीपेन्द्रसिंह ऐरीले हाने एक ओवरमा ६,६,६,६,६,६

नेपाल दर्पण, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गरेका छन । ६ छक्का प्रहार गरेपछि उनी एक ओवरमा ६ छक्का हान्ने तेस्रो ब्याटर बनेका छन् । दीपेन्द्रले कतारका कम्रन खानको एकै ओभरमा ३६ रन प्रहार गरेका हुन ।

दीपेन्द्रअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका काइरन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । युवराजले इंग्ल्यान्डका स्ट्रुड बोर्ड र पोलार्डले श्रीलंकाका अकिला धनन्जयको ओभरमा ६ छक्का प्रहार गरेका थिए । युवराजले सन् २००७ को ट्वान्टी–२० विश्वकप र पोलार्डले २०२१ मा यो कीर्तिमान बनाएका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने दक्षिण अफ्रिकाका हर्सेल गिब्स र अमेरिकाका जस्करन मल्होत्राले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । ओमानको अल अमिरात क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो। नेपालका लागि दीपेन्द्र सिं ऐरीले बिस्फोटक ब्याटिङ गर्दै अविजित ६४ रनको योगदान गरे।

२१ बलको सामना गरेका उनले ३ चौका र ७ छक्का प्रहार गरे। उनले पछिल्लो अन्तिम ओभरको ६ बलमा ६ ओटा छक्का प्रहार गर्दै कीर्तिमान बनाएका छन्। एकै ओभरमा ६ छक्का प्रहार गर्ने ऐरी, नेपालका पहिलो क्रिकेटर बनेका छन्। अन्तरराष्ट्रियस्तरमा भने ऐरी पाँचौ खेलाडी बनेका छन्। आशिफ शेखले अर्धशतकीय पारी खेल्दै ५२ रनको योगदान गरे। कुशल मल्लले ३५ तथा कप्तान रोहित पौडेलले १८ रन जोड्दा कुशल भुर्तेलले १२ रनको योगदान गरे।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने दक्षिण अफ्रिकाका हर्सेल गिब्स र अमेरिकाका जस्करन मल्होत्राले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *