मेघ लाग्यो साउनका मैना गोठाला रुजाउन्या
को होला परदेश कठै पापी मन बुझाउन्या ।।
पानी ठूलो कर्णालीको सोगट गाउँ ठूलो
उपचार कहिल्यै नहुन्या पिरतीको रोग ठूलो ।।
असाड रोपेकोे खेत कात्तिक पाकि जाउँ
धोका दिने निष्ठुरीलाई मेरो पाप लागी जाउँ ।।
जति बोल्यो उति निभ्यो बोलबोल भैसी घाणा
जिन्दगी चलाउनु होइजाउ मन पडेका भाडा ।।
मनले खायकी मान्छे दिल बसेको रोष
रोपे फुल पराया भयो का जाउ कैका खोज ।।
गाडी छुट्यो धनगढीको पुगि गयो भासु
भित्रि मन रोएको रोयै म कसरी हाँसु ।।
चक्र चन्द
गगुडा ६, डोटी
हालः कर्जत । मोंः ९२२३२६०५७४
नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…
नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…
नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…
नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…
नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…
नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…
This website uses cookies.