October 20, 2026

म नेपाल फर्किएर सबैको पैसा फिर्ता दिन चाहन्छु, रवि दोषि छैननः जिबी राई

0
gb

नेपाल दर्पण,  काठमाडौं ।

विभिन्न सहकारीका रकम ठगेर फरार भएका जिबी राई नेपाल आउन चाहेका छन । एउटा अनलाई पोर्टललाई पठाएको प्रेस नोट र अडिओ सन्देशमा ‘आफूलाई खोज्न शक्ति–संयन्त्र प्रयोग गर्न आवश्यक नरहेको’ र ‘आफू नेपाल फर्कन तयार रहेको’ उल्लेख गरेका छन् ।

उनले भनेका छन, ‘’वर्तमान सरकारको काम–कारबाहीले मलाई यसरी सार्वजनिक हुने हिम्मत दिलाएको छ । म जीवनभर लुकेर भागेर हिँड्न चाहन्न,’ राईले पठाएको प्रेस नोटमा भनिएको छ, ’साथै, आर्थिक अपराधसँग जोडिएर जीवनभर जेल बस्न चाहन्न । राज्यको ज्यादतीले मेरो व्यवहार र कारोबार बिग्रिएको मात्र हो । राज्यले चाह्यो भने यो सब मिल्न सक्छ । बचतकर्ताले रकम फिर्ता पाउन सक्छन् । म सरकारसँग सहकार्य गर्न चाहन्छु । त्यसको सुरूआत स्वरूप मैले साथीभाइ, आफन्त तथा शुभेच्छुकहरूबाट केही जग्गा–जमिनको व्यवस्थापन गरेको छु ।’

यस्तै उनले उक्त प्रेस नोटमा रवि लामिछाने र छविलाल जोशीलाई गोर्खा मिडिया नेटवर्कको विषयमा नजोड्न पनि आग्रह गरेका छन् । साथै, सहकारीसँग जोडिएका पूर्वसञ्चालकहरू, वर्तमान सञ्चालकहरू र कर्मचारीसँग आफूले गरेको कार्यका कारण उनीहरू अनावश्यक रूपमा पीडित भएकोमा क्षमा मागेका छन् । उनले आफ्नो प्रेस नोटमा उल्लेख गरेका ’आफूलाई खोज्न शक्ति–संयन्त्र प्रयोग गर्न आवश्यक नरहेको… के मेरो पक्राउ नै यो सम्पूर्ण समस्याको समाधान हो ?’ भन्ने जस्ता वाक्यले पनि उनीमाथि दबाब बढेको बुझिन्छ । उनलाई आफू चाँडै पक्राउ पर्न सक्ने त्रास वा अरू नै किसिमको डर भएको संकेत पनि यसले गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *