October 11, 2026

कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गी, किशोरसिंह राठौर र गगन थापाको भिडन्त

0
congp

नेपाल दर्पण, काठमाडौं ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदका लागि तीन नेताले उम्मेदवारी दर्ता गराएका छन् । २२ असोजमा हुने निर्वाचनका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समितिका अनुसार सभापति पदमा सबैभन्दा पहिले श्यामकृष्ण खड्गीले त्यसपछि गगनकुमार थापा र किशोरसिंह राठौरले मनोनयन दर्ता गराएका हुन् ।

वरिष्ठ उपसभापतिमा भने विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा अन्य कसैको पनि उमेदवारी नपरेपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन् । उपसभापति खुलामा भने नौजनाको उमेवदारी दर्ता भएको छ । दुई पदका लागि नौजनाले उमेदवारी दर्ता गराएका निर्वाचन समितिले बताएको छ । डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले उपसभापति खुलामा उमेदवारी दर्ता गराएका हुन् ।

उपसभापति समावेशीमा पाँचजनाको उमेदवारी दर्ता भएको छ । विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङले उमेदवारी दर्ता गराएका छन् । कांग्रेसले समावेशीमा एकजना उपसभापति रहने व्यवस्था गरेको छ । महिला उपसभापतिको एक पदका लागि पुष्पा भुसालले मात्र उमेदवारी दर्ता गराएकी छन् । महामन्त्री महिलातर्फको एक पदका लागि तीनजनाले उमेदवारी दर्ता गराएका छन् । महामन्त्री महिलामा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय डिनाले उमेदवारी दर्ता गराएका हुन् ।

मधेसीबाट सहमहामन्त्रीमा आठजनाको मनोनयन दर्ता भएको छ । मधेसीतर्फ महेन्द्र यादव, अजय चौरासिया, नागिना यादव, किरण यादव, अभिसेक प्रताप साह, रामपल्टन साह, मनिष कुमार मिश्र र मुक्तकुमारी यादवले मनोनयन दर्ता गराएका छन् । । दलित एक सहमहामन्त्रीका लागि चारजनाको मनोनयन दर्ता भएको छ । दलित सहमहामन्त्रीका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपालीले मनोनयन दर्ता गराएका छन् । थारुबाट तीनजनाको मनोनयन दर्ता भएको छ । थारुबाट सहमहामन्त्रीको एक पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले मनोनयन दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *