August 2, 2026

सुनसरीको घटनाप्रति पूर्वराजाद्धारा चिन्ता व्यक्त, मिलेर बस्न सबै नेपालीलाई आग्रह

0
kingsun

नेपाल दर्पण, काठमाडौं ।

केही दिनअघि सुनसरीका स्थानीय गाउँबस्तीमा भएको द्वन्द्व, जनधनको क्षति तथा त्यसपछि कोशी क्षेत्र र तराईमा फैलिएको अशान्त वातावरणप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन । शाहले बिहीबार एक प्रेस रिलिज जारी गरेर पछिल्ला घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूलाई आपसी एकता र सद्भाव कायम राख्न आह्वान गरेका छन् ।

अराजक गतिविधि नेपाली समाजको मौलिक मूल्य र मान्यताविपरीत भएको उनको ठम्याइ छ । जारी सन्देशमा नेपालको ऐतिहासिक जग नै विविधताबीचको एकतामा टिकेको स्मरण गराइएको छ । नेपाल निर्माणको शुरुवाती समयदेखि नै सबै जातजाति र समुदाय आपसमा मिलेर, सुख–दुःख बाँड्दै बस्दै आएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, ‘हाम्रो समाज बहुजातीय र बहुभाषिक छ । हाम्रा आ–आफ्नै धर्म, संस्कृति र रीतिस्थिति छन् । यही विशिष्ट धार्मिक, सांस्कृतिक एवम् सामाजिक गुणका कारण विश्वमा नेपालको बेग्लै सम्मान रहेको छ ।’

देशको जुनसुकै भू–भागमा बसोबास गर्ने नेपालीहरूलाई एक–आपसमा मिलेर बस्न आग्रह गर्दै सन्देशको अन्त्यमा भनिएको छ, ‘हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *