August 2, 2026

कर्णालीमा बन्यो नेकपाको सरकार, मुख्यमन्त्री बने मंगलबहादुर शाही

0
mangal

नेपाल दर्पण, सुर्खेत ।

कर्णाली प्रदेशमा नेकपाको सरकार बनेको छ र मुख्यमन्त्रीका रुपमा मंगलबहादुर शाहीले पदभार ग्रहण गरेका छन् । शाहीले बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

पदभारग्रहण गरेसँगै उनले प्रदेश सरकारको सेवा प्रवाह, विकास आयोजना अनुगमन तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै तीन निर्णय गरेका छन् । उनले प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेका विकास आयोजनाहरूको प्रगति विवरण सहज रूपमा हेर्न सकिने गरी आयोजनाको ट्र्याकिङ सिस्टम स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेका छन् । उक्त प्रणालीमार्फत आयोजना कार्यान्वयनको अवस्था नियमित रूपमा अनुगमन गर्न र विकास निर्माणलाई थप प्रभावकारी बनाउने सरकारको अपेक्षा छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १५ जना, नेकपाका १४, एमालेका सभामुखसहित १० र राप्रपाका एक प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार बनाउनका लागी २१ सांसदको आवश्यक पर्छ । कर्णालीमा नेकपा र एमालेका २४ सांसद रहेका छन् । साउन ९ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *