विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने लियोनल मेस्सी

नेपाल दर्पण, काठमाडौं ।
अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले विश्वकपमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड बनाएका छन् । अहिले चलिरहेको फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । उनी जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजको रेकर्ड तोड्दै सर्वाधिक गोल गर्ने खेलाडी बने । अघिल्लो खेलमा अल्जेरियासँग ह्याट्रिक गर्दै उनले १६ गोलको क्लोजको रेकर्डसँग बराबरी गरेका थिए ।
अष्ट्रियासँगको खेलमा ३८ औँ मिनेटमा गोल गर्दै उनले सबैभन्दा बढी गोल गर्ने कीर्तिमान बनाएका हुन् । विश्वकपमा हालसम्म मेस्सीले १७ गोल गरेका छन् मेस्सीले चौथो मिनेटमा अष्ट्रियाले फाउल गर्दा पेनाल्टीको मौका पाएका थिए । उनको पेनाल्टी प्रहार पोस्टबाट बाहिर गएको थियो । ३८ औँ मिनेटमा उनी गोल गर्दै रेकर्ड बनाउन सफल भए । सर्वाधिक ६ खेल विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान देखि विश्वकपमा सर्वाधिक खेल (२८) खेल्ने कीर्तिमान मेस्सी कै नाममा छ । उनी विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने खेलाडी पनि बनेका छन् ।
