July 22, 2026

सुर्खेत: पार्टी पुनर्गठन अभियानमा रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

0
bpoudel

नेपाल दर्पण, काठमाडौं ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको निम्ति पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो । पौडेल सोमबार पार्टी पुनर्गठन अभियान लिएर सुर्खेत पुगेका थिए । उनलाई वीरेन्द्रनगरस्थित शुभम होटेलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार, पौडेललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले बतायो ।उनलाई पक्राउ गर्नुअघि विभागले भैँसेपाटीस्थित पौडेलको घरमा छापा मारेको थियो । उनलाई विभागको पक्राउ पुर्जीको आधारमा सुर्खेत प्रहरीले पक्राउ गरेको हो । स्थलमार्ग वा सुर्खेतबाट नेपालगन्ज लगेर त्यहाँबाट जहाजमा काठमाडौं पठाउने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *