बालेन चुनावी दौडाहामा रवि घरबाटै रणनीति बनाउदै

नेपाल दर्पण, काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले आगामी फागुन १ गतेबाट संयुक्त रुपमा देशब्यापी चुनावी अभियान थाल्ने भएका छन् । अहिले भने बालेन पूर्वी नेपालको दौडाहामा व्यस्त देखिएका छन् । मोरङ, सुनसरी र उदयपुर समेटेर आयोजना गरिएको एकदिने दौडाहामा बालेनले बुधबार स्थानीय तहका कार्यकर्ता, समर्थक र उम्मेदवारसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो राजनीतिक सन्देशलाई मौन तर सशक्त रूपमा प्रवाहित गरेका छन् ।

फागुनमा भने रवि–बालेनले सातै प्रदेशका मुख्य सहर र चुनावी क्षेत्रहरूमा सम्बोधन गर्नेगरी कार्यतालिका निर्माण भएको बताइएको छ । समयले भ्याएसम्म रवि–बालेन धेरैभन्दा धेरै मतदाताको घरदैलोमा पुग्ने बताइएको छ । अहिले भने रवि घरमै आराम गरेर बसेका छन् । उनको खुट्टामा चोट लागेका कारण डाक्टरको सल्लाहअनुसार उनी आराम गरेर निवासमै बसेका हुन् । चितवन २ मा गएर पनि लामिछाने केही समय घरदैलो अभियान नगर्ने र आफ्नै निवासमा भेटघाट र चुनावी रणनीति बनाउने बताइएको छ । बालेन प्रचारप्रसारमा छन् । उनी झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *