रविसँग कुरा नमिलेपछि कुलमान रास्वपाबाट बाहिरिदै !

नेपाल दर्पण, काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वमन्त्री कुलमान घिसिङबीच एकता पुरा नहुदै छुट्टिने परिस्थिती निर्माण भएको छ । रविसँग कुरा नमिलेपछि कुलमानले रास्वपाबाट बाहिरिने मनस्थिति बनाएको उनी निकट स्रोतको दाबी छ । उनीहरुबिच शुक्रबार भएको छलफल निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

उक्त सहमतिअनुसार कुलमानलाई रास्वपाको उपसभापति बनाउने निर्णय भएको थियो । सोही सहमतिपछि विवादमा तानिएर कुलमान मन्त्री पदबाट बाहिरिन परेको थियो । शुक्रबार रवि भेट्न कुलमान उनकै निवासमा पुगेका थिए । सो क्रममा कुलमानले सहमति कार्यान्वयन गरी आफूलाई जिम्मेवारी तोक्न दवाब दिएका थिए । तर, लामिछानेले सो क्रममा आनाकानी गरेको बताइएको छ । लामिछानेले आनाकानी गरेकै कारण तीन घण्टा लामो बैठक निष्कर्षविहीन भएको थियो ।

रास्वपाबाट बाहिरिएर कुलमानले अब उज्यालो नेपाल पार्टीलाई नै अगाडि बढाउने मनस्थिति बनाएको स्रोतको दाबी छ । वरियता, समानुपातिक सदस्यहरुको सूची, केन्द्रीय सदस्यलगायतका विषयमा कुलमानलाई रास्वपामा चित्त नबुझेको बताइएको छ । नागरिक सरकारमा दलीय प्रतिनिधित्व भएको भन्दै चर्को आलोचना भएपछि कुलमानले ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्रीबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *