अन्ततः रवि, कुलमान र बालेन आए एकै ठाउँ, पुरानाको घण्टी बज्ने निश्चित



नेपाल दर्पण, काठमाडौं ।
अन्तत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टी (उनेपा)का संरक्षक कुलमान घिसिङ र काठमाडौंका मेयर बालेन शाह एकै ठाउँमा आएका छन । आज घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएको छ । रास्वपाका सभापति लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायबीच सोमबार भएको सात बुँदे सहमतिमा घिसिङ रास्वपा उपसभापति बन्ने उल्लेख छ ।
आज बालेन शाहको उपस्थितिमा भएको सहमतिबमोजिम कुलमान अब रास्वपाको पहिलो वरियताको उपसभापति बनेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि आज समानुपातिकतर्फको बन्दसूची बुझाउनुपर्ने समयसिमा छ । रास्वपा र उनेपाबीच एकता भएसँगै अब उनीहरु घण्टी चुनाव चिन्हबाट नै चुनावी मैदानमा होमिने भएका हुन् ।
यि तीनजनाबिच भएको सहमतिले आगामी निर्वाचनको मुख्य प्रतिस्पर्धा पुराना र नयाँ दलबीच हुने देखिएको छ । ‘यो सहमति देउवा, ओली र दाहालको म्युजिकल चेयरमाथि खतराको घण्टी हो । बालेन–रविको पक्षमा २०१४ भारतमा मोदी वेभ आए जस्तै वेभ आउने जनताहरु आसा गरेका छन र देउवा, ओली र दाहालको कानमा घण्टी बज्ने छ ।

