आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी



नेपाल दर्पण, काठमाडौं ।
जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली छटपटाउन थालेका छन । बिहीबार महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको शपथग्रहणलगत्तै पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्षमा निर्वाचित ओलीले नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबैभन्दा महँगो पर्ने चेतावनी उनले दिए ।
उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनी गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिए । उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले भनेका छन्, ‘नेकपा (एमाले)को नेतृत्वमाथि प्रचारको हल्लाले भएन । अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कुकर्महरूको फेरि थालनी गर्ने हल्ला मच्चाइएको छ । यो मिडिया ट्रायल यथार्थ हल्ला हुनसक्दछ ।
ओलीले भने, म तपाईँहरूलाई भन्न चाहन्छु एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नु पर्दछ । ढालिनेछ । यसका निम्ति नेकपा (एमाले)ले देशभरिबाट तयारी हालतमा बस्नु पर्दछ । संसारमा केही महँगो पथ्र्यो भने एमालेलाई छुनु महँगो पर्नेछ । यो कुराका लागि हामीले कुराले होइन कामले तयार हुनुपर्दछ। गरेर देखाउनुपर्दछ ।’

