रविसँग लिइयो ६ घण्टाभन्दा लामो बयान, पत्रकारलाई भने–बोल्ने समय आउँदैछ



नेपाल दर्पण, काठमाडौं ।
रास्वपा सभापति रवि लामिछानेसँगको जेनजी आन्दोलनको छानबिनका लागि बनेको आयोगले बुधबार बयान लिएको छ । लामिछाने रहेको नक्खु कारागारमा नक्कली कागजात बनाएर बाहिरिएको आरोप उनीमाथि लागेको थियो । बयानको लागि लामिछानेलाई आज अपरान्ह सिंहदरबार ल्याईएको थियो । उनीसँग ६ घण्टाभन्दा लामो बयान लिईएको हो । बयान सकिएलगत्तै उनलाई नख्खु कारागार पठाईएको छ ।
भदौ २३ गतेको जेनजी आन्दोलनको भोलिपल्ट २४ भदौमा रवि लामिछाने नख्खु कारागारबाट निस्किएका थिए । रास्वपाका केही सांसदको सक्रियतामा भदौ २४ गते लामिछानेलाई जेलबाट नक्कली कागजात बनाएर बाहिर निकालिएको आरोप छ । लामिछानेले कारागारबाट निस्किँदै गर्दा पत्र प्राप्त भएको बताएका थिए । तर, त्यो पत्र नै नक्कली भएको र आवश्यक प्रक्रिया नपुगेको बताईन्छ । आयोगले आजमात्रै नेपाल प्रहरीका आईजिपी चन्द्रकुबेर खापुङसँग पनि बयान लिएको छ ।
सोही विषयमा लामिछानेसँग आयोगले बयान लिएको हो । बुधबार अपराह्न सिंहदरबारस्थित कार्यालय लगिएका लामिछानेलाई राति फेरि नक्खु पु¥याइएको थियो । सिंहदरबारबाट बयान सकेर नक्खु लैजान लागेका लामिछानेलाई सोधिएको प्रश्नमा उनले भने– बोल्ने समय आउँदैछ ।”

