सुमना श्रेष्ठले गरिन रास्वपा परित्याग, भनिन अब मनलाग्दी गर्नुहोला

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । पूर्व शिक्षामन्त्री रुसमेत रहेकी उनले रास्वपा छाडेको आइतबार स्पष्ट पारेकी हुन् । रास्वपा छोडेको जानकारी दिँदै भनेकी छन्,’ अब खुल्ला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’ पूर्वशिक्षामन्त्री समेत रहेकी उनले पार्टीको ग्रुप म्यासेन्जरमा मेसेज पठाउँदै उनले पार्टी परित्याग गरेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।

उनले लेखेकी छिन्, “कहिलै गल्ति नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।” उनले मेसेन्जरमा भनेकी छन्, “कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बेहोराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।”

श्रेष्ठले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको भन्दै त्यो आफूलाई स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी छन् । रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको देखि नै आफूले आलोचना गर्दै आएको भएपनि त्यसले फरक नपरेको गुनासो उनको छ । श्रेष्ठले यसअघि रास्वपाको सह–महामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *