प्रदर्शनकारीले गरे नेताको घर र पार्टी कार्यालय तोडफोड, ओलीले बोलाए सर्वदलीय बैठक

नेपाल दर्पण, काठमाडौं ।

हिजोदेखि जेनजी पुस्ताहरूको अगुवाईमा चर्किएको भ्रष्ट्राचारविरूद्धको आन्दोलन आज पनि जारी छ । हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेिख काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । नयाँ बानेश्वर, जोरपाटी कलंकी आदि ठाउँमा स्वःस्फूर्त रुपमा मानिसहरू सडकमा उत्रिएका छन् । सरकारले उपत्यकाका तीनै जिल्लामा कफ्र्यू लगाएको छ । तर त्यसको परवाह नगरी प्रदर्शनहरू भइरहेका छन् ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आव्हान गरेका छन् । एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि बैठक आव्हान गरेका हुन् । एमाले कार्यालय च्यासलमा तोडफोड र आगजनी भएको छ । आज प्रदर्शनकारीहरूले विभिन्न नेताका घर र पार्टी कार्यालयहरूमा आगजनी गरिरहेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेताहरु शंकर पोखरेल, गोकर्ण विष्टलगायतको घर तोडफोड गरेका छन् । प्रदर्शनकारीले नेताहरुको निवासलाई आज टार्गेटमा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *