संगठन विस्तार गर्न काठमाण्डौं पुगे हर्क साम्पाङ

नेपाल दर्पण, काठमाडौं ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भेटघाट तथा संगठन विस्तारका लागि आज काठमाडौँ आएका छन । उनलाई सोमवार काठमाडौँ आउँदा उनका समर्थकहरूले विमानस्थलमा भव्य स्वागत गरेका छन् । त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा सम्पाङलाई स्वागत गर्न पुगेका समर्थकले मोटरसाइकल ¥यालीसहित स्वागत गरेका हुन् ।

उनी मोटरसाइल ¥यालीसहित कालिकास्थानमा रहेको सांस्कृतिक संघमा पुगेका छन् । त्यहाँबाट उनले भेटघाट तथा संगठन विस्तार गर्ने कार्यक्रम छ । मेयर साम्पाङले ¥यालीका लागि धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ । सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ । सबैलाई धन्यवाद !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *