चितवनमा गाडीमाथि ढुंगा खस्यो


नेपाल दर्पण, काठमाण्डौं ।
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोलामा गाडीमाथि ढुंगा खसेको छ । ढुंगा खस्दा दुइटा गाडीमा सामान्य क्षति पुगेको छ । एउटा हायस माइक्रोबसको छतमा माथिबाट ढुंगा खसेको छ भने अर्को एम्बुलेन्सको अगाडिको सिसा चर्किएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
मंगलबार (असार ३) मध्याह्न उक्त स्थानमा सुक्खा पहिरो खसेको थियो । पहिरो पन्छाएर सवारीसाधनको आवागमन खुलाउने क्रममा माथिबाट ढुंगा खसेको सडक डिभिजनले जनाएको छ । त्यसक्रममा मानवीय क्षति भएको छैन । मंगलबार (असार ३) मध्याह्न उक्त स्थानमा सुक्खा पहिरो खसेको थियो । पहिरो पन्छाएर सवारीसाधनको आवागमन खुलाउने क्रममा माथिबाट ढुंगा खसेको सडक डिभिजनले जनाएको छ ।